Top Ad unit 728 × 90

Keep Adsense Here

चुम्बन नगर्नुस् है, ब्याक्टेरिया सर्ला !


चुम्बन मानिसबीच प्रेम ब्यक्त गर्ने सबैभन्दा प्रभावकारी तरिका हो । तर यही चुम्बनको विषयमा अनौठो तथ्य सार्वजनिक भएको छ ।

हालै गरिएको एक अनुसन्धानले चुम्बन गर्दा १० सेकेन्डमा ८ करोड ब्याक्टेरिया एक अर्काको शरीरमा प्रवेश गर्ने खुलासा गरेको छ ।

एक दिनमा १० पटक चुम्बन गर्ने जोडीमा दुवै जनाको शरीरमा एउटै खाले ब्यक्टेरिया पाइने अनौठो तथ्य समेत यो अनुसन्धानबाट बाहिर आएको छ ।

नेदरल्याण्ड्सको अर्गनाइजेसन फर अप्लाइड साइन्टिफिक रिसर्चले गरेको अध्यनका क्रममा यस्तो कुरा पत्ता लागेको हो ।


अध्यनका क्रममा चुम्बन गर्न लगाएर जोडीहरुमाथि अनुसन्धान गरिएको थियो । जहाँ एक चुम्बन पछि चुम्बन गर्ने व्यक्तिको र्‍यालमा ब्याक्टेरियाको मात्रा तीन गुणा बढेको देखिएको थियो ।

यसरी पटक पटक चुम्बन गर्दा मानव शरीरमा करोडौं ब्याक्टेरिया प्रवेश गर्ने अध्यनको निष्कर्ष छ ।
एजेन्सी ।

चुम्बन नगर्नुस् है, ब्याक्टेरिया सर्ला ! Reviewed by Blog on March 23, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.