Top Ad unit 728 × 90

Keep Adsense Here

यी ७ बानी आजै छोड्नुस


मानिसको दैनिक क्रियाकलापले बानी व्यवहारले मानिसको स्वास्थ्यलाई असर गर्छ ।

मानिसले दिनहुँ गर्ने कार्यले मानिसको स्वास्थ्यमा सिधा असर गर्ने गर्छ । दैनिक जीवन सहज बनाउनका लागि मानिसले आफ्ना बानि व्यवहारमा ध्यान दिन जरुरी छ । मानिसका कुनै कुनै बानीहरुले आफैलाई अप्ठ्यारोमा पारिरहेका हुन्छन् । तपाईले अाफ्नो दैनिकी सहज बनाउनु छ भने यी ७ बानी आजै छोडिदिनुस ।

१. सुत्नु अगाडि खानाः 

रातको खाना सकेसम्म सुत्नु अगाडि खानु हुँदैन । यसरी खाना खानेबित्तिकै सुत्ने गर्नाले मोटोपनको समस्याले दुःख दिन सक्छ ।

२. सुत्नुअघि ल्यापटप वा मोबाइलः 

सुत्नु भन्दा पहिले तपाई मोबाइल या ल्यापटप चलाइरहनु भएको छ भने पनि यसले तपाईलाई सुत्ने क्रममा समस्या दिन्छ । तपाईलाई यी ग्याजेटबाट निस्किने सिग्नलले मष्तिष्कलाई उठ्ने संकेत बारम्बार दिने हुँदा सुत्न समेत गाह्रो हुने गर्छ ।

३. चुइगमः 

युवाहरुमा चुइगम निकै लोकप्रिय छ र यो एउटा बानीको रुपमा पनि बसिसकेको छ धेरै युवाहरुमा । यदी तपाई सुत्ने बेलामा पनि पेपरमिन्ट फ्लेवरको चुइगम खाने गर्नुहुन्छ भने यसको गन्धले तपाईको निन्द्रा बिथोल्न सक्छ ।

४.  किताब पढ्ने बानीः 

केही मानिसहरु सुत्नुभन्दा अगाडि पढ्ने गर्छन् । कुनै कुनै बेला त पढ्ने क्रममा आङ्खनो निन्द्रा समेत हराउने गर्छन् । यो भन्दा सुत्नुभन्दा करिब २० मिनेट अगाडि नै किताब पढ्न छोड्नु भयो भने तपाईको निन्द्रा राम्रो हुन्छ ।

५. धुम्रपानः 

यदी तपाई राती चुरोट वा कफी पिउने गर्नु हुन्छ भने त्यसमा रहेको निकोटिन तथा कैफिनले तपाईको निन्द्रा बिथोल्न सक्छ । यसले शरिरमा तनावको स्थिति उत्पन्न गर्छ र निन्द्रा नलाग्न सक्छ ।

६. चिसो पानीले मुख धुनुः 

राती सुत्नुभन्दा अगाडि तपाई यदी हात खुट्टा र अनुहार चिसो पानीले धुनुहुन्छ भने यो बानी बदल्नु राम्रो हुन्छ । सुत्नुभन्दा पहिले चिसो पानीले नभई मनतातो पानीले हातमुख धुँदा यसले मांशपेशीको तनाव कम गर्छ र मिठो निन्द्रा लाग्छ ।

७.  अल्कोहलः 

निन्द्रामा यदी दुई पेग लगाउने बारे सोच्नुहुन्छ भने त्यो बानी हटाउनु राम्रो हुन्छ । अल्कोहलको सेवनले शरिरमा तनाव अधिक हुने गर्छ र निन्द्रामा असर गर्छ ।

यी ७ बानी आजै छोड्नुस Reviewed by Blog on March 24, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.