Top Ad unit 728 × 90

Keep Adsense Here

पत्नीहरू पनि स्विकार गर्छन् पतिको पिटाई


घरेलु हिंसाका विरूद्धमा विश्वभर अभियान चलिरहेका बेला गरिएको एक अनुसन्धानमा महिलाहरूले आफ्नो पतिबाट हुने पिटाईलाई मौन स्विकृत दिने गरेको पाइएको छ ।

युनिसेफले गरेको एक सर्वेक्षण विश्वका ४७ प्रतिशत महिलाहरू आफ्नो पतिले गर्ने पिटाईलाई सामान्य रूपमा लिने गरेको पाइएको छ । युनिसेफले महिलाको स्थितिबारे विगत १ दशकमा विश्वभरमा गरिएको सर्वेक्षणमा केही सामान्य कुराहरुमा पतिले कुट्नु स्वभाविक भएको बताउँछन् ।

सर्वेक्षणमा अफगानिस्तान र जोर्डनको अवस्था निकै नाजुक रहेको पाइएको छ । यी देशमा ९० प्रतिशत महिला कुनै न कुनै रूपमा कुनै मुद्धामा पतिको पिटाई खाने गरेको बताइन्छ ।


समाजशास्त्रीहरूले बताएअनुसार सानैदेखि सिकाईने संस्कारका कारण पतिबाट कुटाईको कुरालाई पनि महिलाहरूले सामान्य रूपमा लिने गरेका हुन् ।  सर्वेक्षणमा सबैभन्दा खराब अवस्था दक्षिण एसियाली देशको अवस्था खराब रहेको बताइएको छ । पुरै दक्षिण एसियाको ५२ प्रतिशत महिला र ४९ प्रतिशत पुरूष पत्नीमाथिको पिटाईलाई खराब मानेका छन् ।



पत्नीहरू पनि स्विकार गर्छन् पतिको पिटाई Reviewed by Blog on March 21, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.