Top Ad unit 728 × 90

Keep Adsense Here

प्रेमीलाई भन्न नहुने चार कुरा

प्रेमीलाई भन्न नहुने चार कुरा

जुनसुकै नाता सम्वन्धका पनि सिमा हुन्छन् । त्यसैले केही कुरा आफैसंग मात्रै राखेको राम्रो मानिन्छ। इमान्दर देखिन वा आत्मसन्तुष्टीका लागी मात्रै सवै कुरा आफ्नो प्रेमीका अगाडी खोलेर आफूलाई बर्बाद पार्नु बुद्धिमानी मानिन्न। सर्वोपरी हितका लागी केही कुरा आफूसंग मात्रै साँच्नु पर्दछ।

धेरै जसो युवतीहरु प्रेमीका अगाडी सवै कुरा खोलेर आफैलाई समस्या पार्दछन् र पछी पश्चताप गर्दछन्। यहाँ प्रेमिकाले प्रेमीलाई कदापी भन्न नहुने चार कुरा समावेश गरिएको छ।

१.अन्य केटी साथीका गोप्य कुरा नभन्नुस
केटा साथी वा प्रेमीसंग अन्य केटी साथीका गोप्य र लुकाउनु पर्ने कुरा गर्दै नगर्नुस। एक त तपाईकी केटी साथीले तपाईले यस्ता कुरा तपाईलाई विश्वास गरेर भनेकी हुन्छन् र त्यसमाथी तपाईका गोप्य कुरा पनि तपाईकी साथीलाई थाहा हुन सक्दछ। तपाईको प्रेमीले केटीबिच हुने कुराको अर्थ र गहिराई नबुझ्न सक्दछन। त्यसैले तपाईले आफ्नै साथीको गोप्य कुरा खुल्दा तपाईको प्रेमीले अनेक शंका गर्ने वातावरण पनि बन्न सक्दछ।



२.पासवर्ड त भन्दै नभन्नुस
तपाईको फेसबकु, इमेलको पासवर्ड आफूसंग मात्रै सिमित राख्नुस । तपाईले तपाईको प्रेमीलाइ जति माया र विश्वास गरे पनि पासवर्डले तपाईको विगत खोल्छ भने अनेक थरि शंकाको बाटो खोल्न सक्दछ।

३. परिवार मन परेको कुरा पनि नभनेकै राम्रो
केटाको परिवारमा सदस्यहरुको बारेमा उनकै अगाडी नराम्रो नभन्नुस । यसले पहिलो त तपाईले प्रेमी नराम्रो मान्न सक्दछन् भन कतिपय अवस्थामा त सम्वन्धनै धरापमा पर्न सक्दछ ।

४. पुर्व प्रेमीका बारेमा विस्तृत कुरा नखोल्नुस
हालका प्रेमीलाई पुर्व प्रेमी भएको बारेमा बताए पनि पुर्व प्रेमीका बारेमा विस्तृतरुपमा बताउन किमार्थ जुरुरी छैन्। यसको अर्थ हालका प्रेमीसंग बेइमानी गरेको होइन की अनावश्यक समस्या निम्त्याउन नखोज्नु पनि हो।

प्रेमीलाई भन्न नहुने चार कुरा Reviewed by Blog on March 21, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.