Top Ad unit 728 × 90

Keep Adsense Here

तपाईले तत्काल गर्न रोक्नुपर्ने ६ काम

तपाईले तत्काल गर्न रोक्नुपर्ने ६ काम

तपाईले दैनिक जीवनमा गर्ने कामहरूले तपाईको भोलीको दिनलाई राम्रो या नराम्रो बनाउने निर्धारण गर्न मद्धत गर्छ । यस्तै, तपाईले गर्ने दैनिक कामका कारण पनि तपाईलाई हेर्ने दृष्टिकोण फरक पर्न सक्छ । तपाईको जीवन यापन गर्ने शैली, दैनिक गतिविधी जस्ता कामले तपाईको बानी व्यहोरा, जीवन जिउने शैलीका बारेमा जानकारी हासिल गर्न सकिन्छ । यस्तै तपाईले दैनिक रूपमा गर्ने केही कामले तपाईलाई अल्छी तथा आफूप्रति जिम्मेवार नभएको देखाउँछ । त्यसैले पनि तपाईले केही कामहरू तत्कालै बन्द गर्नुपर्ने हुन्छ । केही यस्ता कामहरू छन् जसलाई गर्न आजै देखी गर्न छोड्दा तपाईको भोलीको जीवनलाई समेत फाइदा पुर्याउँछ ती यस्ता छन्…

१. समयको बर्बादीः बिना कारण कुनै पनि काममा समय व्यतित गर्नु तपाईको दैनिक जीवन तथा भविष्यका लागी पनि फाइदा जनक हुँदैन । बिना कारण व्यतित गरिएको समयलाई कुनै काममा लगाउन सके जीवन थप खुसी र सुखपूर्ण हुन सक्छ । त्यसैले समयलाई सकेसम्म आफ्नो जीवनोपयोगी काममा लगाउनु बुद्धीमानी हुन्छ । अर्थात् आफ्नो अमूल्य समयलाई खेर नफ्याक्नु नै राम्रो हुन्छ।

२. फोहोर थुपार्न बन्द गर्नुस्: तपाई हामीमध्ये कतिपयको के बानी हुन्छ भने केही सामान पनि नफ्याक्ने । कुनै पनि सामान भविष्यमा काम लाग्छ भन्दै साँचेर राख्ने गर्दा तपाईको कोठा त फोहोर हुन्छ नै त्यसले तपाईलाई समेत बेलाबेलामा तनावमा समेत पार्न सक्छ ।

३. दया देखाउन छोड्नुस्: मानव भइसकेपछी हरेक मानिसमा दयाको भाव त हुन्छ नै तर धेरै दयाको भाव हुँदा पनि तपाईले दुःख पाउन सक्नुहुन्छ । सकेसम्म दयाको भावलाई आवश्यकता भन्दा बढी देखाउनु तपाईका लागी समेत तनावको अवस्था सिर्जना गर्छ । त्यसैले आवश्यकता भन्दा बढी दया भाव राख्न आजै बाट छाड्नुस् ।

४. बिनाकारण पैसा खर्चिन बन्द गर्नुस्: पैसा मानव जीवनका लागि आवश्यक वस्तु हो । यदी पैसाको सही सदुपयोग गर्न नसके त्यही पैसाका कारण तपाई सहित तपाईसँग जोडिएका हरेक मानिसले दुःख पाउछन् । पैसाको सही सदुपयोग गर्न सकेमात्र त्यसले मानिसको जीवनलाई सुखी बनाउन मद्धत गर्छ । त्यसैले पैसा बिनाकारण खर्च गर्ने बानीलाई छाड्नु निकै बुद्धीमानी हुनेछ ।



५. प्रतिष्ठित व्यक्तिलाई वेवास्ता गर्न छाड्नुस्: तपाईको जीवनमा तपाईभन्दा राम्रा तथा प्रतिष्ठित व्यतिले सकारात्मक प्रभाव पार्छन् । जहिले पनि आफूभन्दा प्रतिष्ठित व्यक्तिहरूलाई आफूबाट टाढा जान नदिनु राम्रो हुन्छ । उनीहरूबाट आउने कुरा, विचार तथा सहयोगले तपाईको जीवनमा नयाँ मोड आउन सक्छ त्यसैले सकेसम्म आफू भन्दा प्रतिष्ठित व्यक्तिलाई वेवास्ता नगर्नुस् ।

६. आफ्नो शरिरसँग खेलवाड गर्न छोड्नुस्: आफ्नो शरिर नै स्वस्थ नभए त्यसले जीवनमा निकै समस्या ल्याउने गर्छ । त्यसैले परिवारमा खुसी र जीवनलाई आनन्दपूर्वक बिताउनका लागी तपाईले आफ्नो शरिरामाथी खेलबाड गर्न छाडनुस् । शरिरलाई बेफाइदा गर्ने रक्सी, चुरोट, गाँजा जस्ता पदार्थको सेवन गर्न छाड्ने, स्वस्थ खानेकुराको प्रयोग गर्ने गर्नु आवश्यक हुन्छ ।

तपाईले तत्काल गर्न रोक्नुपर्ने ६ काम Reviewed by Blog on March 21, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.